पोखरामा बिएका परीक्षार्थीलाई ‘टुरिज्म’को सट्टा ‘भारतीय इतिहास’ सोधियो, आघा घण्टामै बाहिरिए विद्यार्थी

पाेखरा | साउन ८, २०८०

पोखरामा बिएका परीक्षार्थीलाई ‘टुरिज्म’को सट्टा ‘भारतीय इतिहास’ सोधियो, आघा घण्टामै बाहिरिए विद्यार्थी

पाेखरा:    त्रिभुवन विश्वविद्यालयअन्तरगत आज बिए तेस्रो वर्षका विद्यार्थीलाई ‘टुरिज्म डेभलपमेन्ट’को प्रश्नपत्र बाँडिएपनि सोधिएका प्रश्नहरु सबै भारतीय इतिहासको परेको छ । 

 

त्रिवि अन्तरगत इलेक्टिभ पेपरको परीक्षामा विद्यार्थीहरुलाई पर्यटन विकासकै प्रश्न भनेर उल्लेख गरिएपनि समूह ‘क’ र ‘ख’ दुबैमा भारतीय राजनीति र इतिहासबारे सोधिएका १२ प्रश्न छन् । 

 

पृथ्वीनारायण क्याम्पसमा परीक्षा केन्द्र रहेका विद्यार्थीले पाएको प्रश्नपत्रको माथिल्लो भागमा ‘इतिहास’ लेखिएको छ भने त्यसपछि ‘पर्यटन विकासको परिचय’ उल्लेख छ । प्रश्नपत्र हात परेपछि पढ्दै जाँदा विद्यालय रनभुल्ल भएका छन् । 
 

 

उनीहरुले परीक्षा हलमा आधा घण्टा बिताएर निस्केका छन् । बाहिरिएर यसबारे जानकारी गराएपछि विषगत प्रश्नपत्र आउने र पुनः परीक्षामा बस्ने सहभागी विद्यार्थीले जनाएका छन् । 

 


पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्